२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

अपराध नियन्त्रणमा प्रहरीले महत्वपूर्ण भूमिका खेलेको छ : प्रजिअ भट्टराई

Nada
सत्यराज सिंह
२०८१ असोज ३० गते १३:५९
Shares
अपराध नियन्त्रणमा प्रहरीले महत्वपूर्ण भूमिका खेलेको छ : प्रजिअ भट्टराई

बझाङ : बझाङका प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले अपराध नियन्त्रणमा प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताए । ६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी कार्यालय बझाङले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

ncell

गाउँ समाज र समुदायमा हुने अपराधको भित्रि रुपमा सूचनाको संकलन, सूचनाको विश्लेषण गरी प्रहरीले गरेको क्रियाकलाप अति उत्तम रहेको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताए ।

कुनै पनि नागरिक विना वर्दीको प्रहरी हो, शान्ति सुरक्षा कायम गर्ने, अमनचयन कायम गर्ने, चोरी निकासी र अपराध नियन्त्रण गर्ने काम प्रहरीको हो, यद्यपि त्यसमा आम नागरिको त्यतिकै भूमिका रहेको उनको भनाइ छ । 

दिवसको अवसरमा व्याडमिण्टन र भलिबल प्रतियोगितामा विजयी हुने प्रहरीलाई पुरस्कार एवम् प्रमाणपत्र वितरण, अमर प्रहरी परिवार, प्रहरी कार्यालय स्थापनाको लागि निशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता, उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी, लगायत ज्येष्ठ पूर्व प्रहरीलाई सम्मान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज भण्डारीको अध्यक्षतामा सो कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा बझाङ जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी एवम् गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

ताजा खबर

सम्बन्धित खबर