२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

जनचेतना कप क्रिकेटको ट्रफी सार्वजनिक

ADV
सत्यराज सिंह
२०८१ कार्तिक २ गते १०:२५
जनचेतना कप क्रिकेटको ट्रफी सार्वजनिक

बझाङ : बझाङको दुर्गाथली गाउँपालिकामा आयोजना हुने जनचेतना कप खुला पुरुष क्रिकेट २०८१ को तेस्रो संस्करणको उपाधि ट्रफी सार्वजनिक गरिएको छ । 

आयोजक जनचेतना युवा समाजले विजेताले प्राप्त गर्ने ट्रफी शुक्रबार सार्वजनिक गरेको हो । दुर्गाथली गाउँपालिका–५ जाफ्रिको खेल मैदानमा हुने जनचेतना कपको ट्रफी दुर्गाथली गाउँपालिका उपाध्यक्ष जनक दौल्यालले सार्वजनिक गरेका हुन् ।

बझाङ जिल्ला भित्रका टिमलाई मात्रै जनचेतना कप क्रिकेट प्रतियोगितामा समावेश गरिने आयोजकले जानकारी दिएको छ । गैरि क्रिकेट स्टोडियममा हुने जनचेतना कप कत्तिक ७ गते शुरु भई १४ गते सम्म चल्नेछ । 

प्रतियोगितामा १९ टिम सम्म सहभागी हुने अनुमान गरिएको आयोजकले बताएको छ । विजेताले १ लाख ३० हजार ३८१ रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै उपविजेताले ५३ हजार ३८१ पाउनेछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise