२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

दीर्घकालीन स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार बनेको हो : मन्त्री राणा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक ३ गते २१:३१
दीर्घकालीन स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार बनेको हो : मन्त्री राणा

अर्घाखाँची : लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले दीर्घकालीन  राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन सरकार बनेकाले यो सरकारले जनताको चाहाना पूरा गर्नुपर्ने बताएका छन् । 

गृह जिल्ला प्यूठान पुगेका मन्त्री राणाले विभिन्न कार्यक्रम हरुलाई सम्बोधन गर्दै  कांग्रेस र एमालेबीच गठबन्धन बनेर लुम्बिनी प्रदेशमा पनि सरकार बनेकोले आफुहरुले जनताको चाहाना अपेक्षा अनुसार काम गर्ने बताउँदै केही मन्त्रालयहरु मन्त्री विहीन बन्दा कामले स्पिड लिन नसकेको बताए । उनले अब सरकारले छिट्टै पूर्णता पाउने पनि बताए । 

वर्तमान सरकारलाई  सफल बनाउनु नेपाली कांग्रेसको  मुख्य जिम्मेवारी भएकोले पनि आफुहरुले सोही अनुसार काम गरिरहेको उनले दाबी गरे ।

मन्त्री राणाले विगतमा धेरै प्रणाली र विकल्पहरूमा कांग्रेस–एमाले  गएपनि राजनीतिक स्थायित्वका लागि अन्ततः दुई ठूला दल मिलेर सरकार गठन गरेकाले जनताले यो सरकारबाट धेरै कुरा अपेक्षा गरेको बताए । उनले कांग्रेस र एमालेको गठबन्धन दिर्घकालिन भएकोले यो सरकार सफल बनाउन जरुरी रहेको बताए ।

मन्त्री राणाले भने, ‘हामीले धेरै प्रणालीहरू अपनायौं । धेरै गठबन्धनहरू गरियो । अन्तिम विकल्पको रुपमा नेकपा (एमाले) र नेपाली कांग्रेस एकै ठाउँमा आएर सरकार बनेको छ । यो विकल्पलाई जसरी पनि सफल बनाउनुछ ।’ 

राणाले आफ्नो मन्त्रालय मातहतका विभिन्न भवन लगायतका आयोजनाहरूको काम भइरहेका ठाउँहरु विकास योजनाहरुको अब सबै ठाउँमा अनुगमन गर्ने बताए । 

मन्त्री राणाले प्रदेश सरकारसँग बजेट न्यून रहेको जनताका चाहना असिमित रहेकोले जनचाहना अनुसार काम गर्न नसकिएको बताउँदै प्यूठान जिल्लाको विकासमा कुनै कमि हुन नदिने जिकिर गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise