२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

सामुदायिक वनको आम्दानीले गाउँ नै झिलिमिली

ADV
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक ५ गते १२:२७
सामुदायिक वनको आम्दानीले गाउँ नै झिलिमिली

अर्घाखाँची : शितगंगा नगरपालिका डोवाटा सवडिभिजन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत चन्द्रबहादुर भाटले चारी निकासीको अन्त्यका लागि सामुदायिक वनका उपभोक्ता पदाधिकारीहरु चनाखो हुनुपर्ने बताएका छन् । 

डोवाटा सवडिभिजन कार्यालयमा सरुवा भइ आएका वरिष्ठ वन अधिकृत भाटले अर्घाखाँचीको शितगंगा नगरपालिका र सवडिभिजन अन्तर्गत विभिन्न सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरुसँग भेटघाट छलफल  गर्दै वन क्षेत्रको संरक्षण सम्वद्र्धनका लागि सबै लाग्नुपर्नेमा जोड दिएका हुन् । 

अनुभवी कार्यालय प्रमुख भाट अहिले छलफल अन्तरक्रियामा व्यस्त छन् । भाटसँग छलफल गर्दै सामुदायिक वनका पदाधिकारीहरुले  पछिल्लो समयमा सामुदायिक वन अतिक्रमणको चपेटामा पर्दै गएकोप्रति  उपभोक्ता समूहहरुले चासो व्यक्त गरेका छन् । सामुदायिक वनको  आम्दानीले अर्घाखाँचीका धेरै ठाउँहरु झिलिमिली भएका छन् । भाट अहिले अनुगमन निरीक्षणमा व्यस्त छन् ।  भाट रुपन्देहीमा बस्दा राम्रो छवि कमाएका वरिष्ठ वन अधिकृत हुन् ।

नवआगन्तुक वरिष्ठ वन अधिकृत चेतबहादुर भाटले आयोजना गरेको विभिन्न सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्ने समूहका पदाधिकारीले समूहहरुले विभिन्न विकास तथा निकासका वहानामा सामुदायिक वनको अतिक्रमण बढेको बताएका हुन् ।

साथै उनीहरुले आ–आफ्नो वनको कार्यप्रगतिका बारेमा जानकारी गराउँदै विभिन्न तरिकाले वनअतिक्रमण बढ्दै गएको र घाटगद्दि गरेको काठदाउरा समयमै बेचविखन गर्न नपाउँदा भावी कार्ययोजना समेत प्रभावित बनेको बताएका छन् । 

त्यस्तै खोलाबाट हुने कटान, भूक्षय, चोरी तस्करी, आगलागी, उद्योगबाट हुने प्रदुषण नीति नियम र नेतृत्वमा हुने फेरवदल जस्ता समस्याहरु सामुदायिक वनमा रहेको उनीहरुको भनाइ छ । त्यस्तै कतिपय नीतिगत व्यवस्थाहरु पनि समस्याका रुपमा रहेको बताएका छन् । 

गतवर्षदेखि सरकारले सामुदायिक वनको काठ दाउरा कटान साथै बिक्रीवितरण गर्न झन्झटिलो बनाएको सामुदायिक वनका गतिविधिमा अवरोध आएको स्थानीय सामाजिक व्यक्तित्व सीता बेल्वासेले बताइन् ।

नेपाल सरकारको निर्णयले सामुदायिक वनमा आएका समस्याहरु समाधान गर्न सम्बन्धित निकायहरुमा आवाज बुलन्द गर्दै आएको उनको भनाइ छ ।

सामुदायिक वनको अतिक्रमण लगाएतका समस्या समाधानका लागि सामुदायिक वनको विद्यान र कार्ययोजनामाथि छलफल गर्ने, कार्ययोजना बनाउने र समूहहरुलाई गोलबन्द गर्ने साथै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएर समन्वय गर्ने जस्ता कार्यहरु गरेको सामुदायिक वनका उपभोक्ताहरु बताउँछन् । अहिले सामुदायिक वनको गोडमेल सरसफाइ लगायतका कामहरु भइरहेका छन् । गैडे सामुदायिक बनले कटानको तयारी स्वरुप अहिले गोडमेल  शुरु भएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise