२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

भर्षटायल गायक सुगम पोखरेल कतारमा

Nada
तिलु शर्मा पौडेल
२०८१ कार्तिक ८ गते १३:४३
Shares
भर्षटायल गायक सुगम पोखरेल कतारमा

दोहा, कतार : पप गीतका पर्याय तथा भर्षटायल गायक एवम् संगीतकार सुगम पोखरेल बिहीबार बिहान कतार आइपुगेका छन् । दोहाको मुटु साना सिग्नल नजिक रहेको ग्राण्ड रिगल होटेलको मिजानियन फ्लोरमा अवस्थित अर्मानि एक्स लन्ज एन्ड बारले भोलि शुक्रबार राति आयोजनाको घोषणा गरेको "दशैं तिहार धमाका" कार्यक्रममा प्रस्तुति दिन पोखरेल कतार आइपुगेका हुन् । 

ncell

पोखरेलको स्वागतका लागि कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम संयोजक रोशन अर्याल, क्लबका म्यानेजर सुदिप पाठक, सञ्चारकर्मी लक्ष्मी पर्ललगायतका अन्य सामाजिक व्यक्तित्वहरू पुगेका थिए । पोखरेलले विमानस्थलबाट कतारवासी नेपालीलाई शुक्रबार साँझको कार्यक्रममा निमन्त्रणा गरेका छन् । 

पछिल्लो एक सालयता दर्जनौं कलाकार ल्याएर भव्य सांगीतिक प्रस्तुतिसहित मनोरञ्जन प्रदान गरेको क्लबले यस पटक भने सबै किसिमका नेपाली गीत गाउन सक्ने भर्षटायल गायक पोखरेललाई निमन्त्रणा गरेको हो । पचास कतारी रियाल शुल्क लाग्ने कार्यक्रमका लागि क्लबको ढोका दिउँसो ४ बजेबाट खुल्ने र साँझ ८ बजेबाट रात‍ि १२ बजेसम्म प्रस्तुति रहने कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए । रमेश केसी (तनहुँ) र सन्दीप भट्टराई (उदयपुर)ले मिलेर उक्त क्लब सञ्चालनमा ल्याएका हुन् ।

सम्बन्धित खबर