काठमाडौं : माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा भुटान १३-० ले विजयी भएको हो ।
पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको भुटानले लगातार जित निकाल्दै सात अंक जोडेको छ ।
भुटानले श्रीलंकालाई ४-१ ले हराएको थियो । अन्तिम खेल खेल्न बाँकी रहेको नेपालको चार अंक छ । नेपालले बिहीबार नै श्रीलंकासँग खेल्ने छ । नेपाल र श्रीलंकाबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।
भुटानको जितमा डेकी लाजोम एक्लैले पाँच गोल गरिन्। पेमा छोडेन र छरिङ याङ्ग्देनले समान दुई गोल गरिन् । सोनम छोडेन, छरिङ लाङ्देन, डेकी याङ्देन र नाङ्मग्याल डेमाको नाममा समान एक गोल रह्यो ।