२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

माइतीघरमा उत्रिए रास्वपाका नेता कार्यकर्ता

लेखनाथ सिकारु
२०८१ कार्तिक ९ गते १५:५०
माइतीघरमा उत्रिए रास्वपाका नेता कार्यकर्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थपिएपछि काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेका छन् । यसअघि पोखरामा प्रदर्शन गरेको रास्वपाले स्थानीयको साथ पाउन सकेको थिएन । स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए । तर त्यो पनि असफल भएपछि अब उनीहरु काठमाडौंमा प्रदर्शनमा उत्रिएका हुन् ।

पार्टीका सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका छन् । रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक प्रतिशोध साधेको भन्दै माइतीघरमा प्रदर्शन गरेको हो ।

No description available.

प्रदर्शनमा सहभागीहरूले ‘ओइ सरकार ओइ यति ओम्नि खोइ ?’ ओइ सरकार ओइ गिरीबन्धु खोइ ? ‘तानाशाही पाराले दुःख पायो साराले’, ‘सहकारी पीडितको एउटै माग बचत रकम फिर्ता गर’, ‘सत्ताको दुरुपयोग बन्द गर’, ‘सरकार दम्भ नदेखाऊ नेपाली जनता जिउँदै छन्’, ‘८८ अर्ब फिर्ता गर’, ‘सत्य कहिल्यै ढल्दैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले  थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

No description available.

रास्वपाको व्यानर र झण्डा बिना स्वतन्त्र समर्थन जुटाउने उद्देश्यले साञ्चालित रास्वपाको सडक आन्दोलन रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीसहित नेताहरूको अगुवाइमा प्रदर्शन भएको हो । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाका नेताहरूले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएका थिए ।

ADV

सम्बन्धित खबर