– खुसी जोशी
कस्तो थियो होला त्यो प्रेम ?
जसको निम्ति यो कविता लेखियो !
कस्तो हुला म यतिसम्म, कि सोच्छु
तिम्रै कुरा र डुबेको छु तिम्रै कल्पनामा
जो छ अर्कैको अँगालोमा अहिले ।
सदैव तिम्रै कल्पनामा हुन्छु
यो कुरा बिर्सेर
कि अब हुन सक्ने छैनौ
तिमी मेरो कहिले पनि ।
सय थरी कुरा गरी मेरो मनमा
कविता लेख्ने भावना जगायौ
तर, अन्तिममा त केवल
कल्पनामा सीमित गरायौ
के मेरो भावनाहरू व्यर्थ भए त ?
के यो दिन अहिले आउनु नै थियो र ?
सपना टुट्ने डर अन्त्यमा साँचो नै भए ।
के मेरो मनमा तिमीसँग बिताएका
ती मीठा पल व्यर्थ नै रहे त ?
भुल्न सजिलो होला तिमीलाई
के यो सबै साँच्चिकै भएकै हो त ?
तिमि साँच्चिकै खुसी भयौ त ?