२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

रास्वपामा धैर्यताको अभाव छ : पूर्व राज्यमन्त्री सिंह

Nada
सत्यराज सिंह
२०८१ कार्तिक १० गते १२:४१
Shares
रास्वपामा धैर्यताको अभाव छ : पूर्व राज्यमन्त्री सिंह

बझाङ : नेपाली कांग्रेसका नेता तथा पूर्व युवा तथा खेलकुद राज्यमन्त्री नरेश बहादुर सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा धैर्यताको अभाव भएको बताएका छन् । शनिबार बझाङ सदरमुकाम चैनपुरमा पत्रकारहरू सँग कुराकानी गर्दै रास्वपाले सहकारी प्रकरणमा धैर्यता नराखेको बताएका हुन् । 

ncell

सहकारीको रकम अपचलनका विषयमा छानविन गर्न बनेको संसदीय समितिले रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता देखाएपछी छानविनमा सघाउनुको साटो आन्दोलनमा जानु उचित नभएको उनको भनाई थियो । सहकारी प्रकरणको विषयमा अदालतलाई सत्य, तथ्य छानविनका लागि रास्वपाले पनि सघाउनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘संसदिय छानविन समिति गठन भएर प्रतिवेदन बनेको छ । दोषी उम्कन पाउदैन । बदलाको भावना राखेर कोहि मान्छे जेल जादैन । कानुनको सबैले सम्मान गर्नुपर्छ तर रास्वपामा धैयताको कमि देखिन्छ । रास्वपाले अनुसन्धानमा सघाएर अदालतका निर्णयलाई स्वईकार्ने धैर्यता राख्नु पर्छ ।’ 

सिंहले अबको नेतृत्वले स्थायित्वमा पनि ध्यान दिन जरुरी रहेको बताए । ‘सरकारमा स्थायित्व नहुँदा राजनितिक उथुलपुथुल मात्रै नभएर विकास निर्माणका कामहरू पनि अलपत्र परेकाले नेतृत्वले स्थायित्वमा ध्यान दिनुपर्छ । समानुपातिक प्रणालीले गर्दा देशमा स्थायित्व नभएकाले सरकारमा स्थायित्व नहुँदासम्म राजनितिमा हलचल भइरहन्छ,’ पूर्व राज्यमन्त्री सिंहले भने ।

देशको आन्तरिक स्रोत कम भएर बाह्य ऋण लिनुपर्ने समस्या भएकाले देशमा भएको जलस्रोत र पर्यटनमा सरकारले जोडदिएर देशको आर्थिक अवस्था सुधार गर्नुपर्ने सिंहको सुझाव थियो । गठबन्धन गरेर दलहरू निर्वाचनमा जाने कुराले पार्टीलाई पनि क्षति भएको सिंहको भनाई छ । सिंहले उपनिर्वाचनमा पपुलर मत प्राप्त भएपनि प्राविधिक कारण चुनावमा हार व्यहोर्नु परेकोले यसको प्रभाव पार्टीमा परेको समेत बताए ।

ताजा खबर

सम्बन्धित खबर