काठमाडौं : कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वस्तिक तेक्वान्दो डोजाङका खेलाडीहरुले ३ स्वर्ण, २ रजत र ५ कांस्य पदक जित्न सफल भएका छन् ।
कोरिया र नेपालबीचको दौत्य सम्बन्ध स्थापित भएको ५०औं वाषिर्कोत्सवको अवसरमा नेपाल तेक्वान्दो संघ र नेपालस्थित कोरियाली राजदूतावासको संयुक्त आयोजनामा गत कात्तिक २ गतेदेखि ५ गतेसम्म नेपाल तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनमा सञ्चालन भएको च्याम्पियनसिपमा स्वस्तिक तेक्वान्दो डोजाङका खेलाडीहरुले उक्त संख्यामा पदक जितेका हुन् ।
सिंगल पुम्से १२ वर्ष मुनिको स्पर्धामा युनिसा राना मगरले स्वर्ण पदक जितेकी थिइन् । डबल पुम्से १७ वर्ष मुनिको स्पर्धामा जनम मगर र एरिका माझीले स्वर्ण पदक जितेका थिए ।
यस्तै डबल पुम्से १२ वर्ष मुनिको स्पर्धामा युनिसा राना मगर र सुमन तामाङले रजत पदक जितेका थिए भने सिंगल पुम्से १२ वर्ष मुनिको स्पर्धामा सुमन तामाङ र पौलसन दर्नालले कांस्य पदक जितेका थिए ।
त्यस्तै ग्रुप पुम्से १४ वर्ष मुनिको स्पर्धामा आयुष मते, अकिलिज लाल श्रेष्ठ, क्रिसन्त न्यौपानेले रजत पदक जितेका थिए । ग्रुप पुम्से १२ वर्ष मुनिको स्पर्धामा सुुमन तामाङ, उर्गेन तामाङ र अनिस थापाले रजत पदक जितेका थिए ।
यता फाइटतर्फ सुमन तामाङले २६ केजी मुनिमा स्वर्ण र एरिका माझीले जुनियर ६३ केजी मुनिमा रजत पदक हात पारेका थिए । स्वस्तिक तेक्वान्दो डोजाङका प्रशिक्षक प्रेमकुमार दर्नाल हुन् ।