२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

देवाही गोनाही नगरपालिकामा तोडफोड गराउने योजनाकार पक्राउ

ADV
कृष्ण तिवारी
२०८१ कार्तिक १० गते २१:२३
देवाही गोनाही नगरपालिकामा तोडफोड गराउने योजनाकार पक्राउ

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिकामा विद्यार्थीहरुद्वारा गरिएको तोडफोडको घटनामा संलग्न रहेका योजनाकारमध्ये एक जना पक्राउ परेका छन् । 

करिब एक महिना अघि निजी स्वार्थका कारण नगरपालिकामा विद्यार्थीहरूलाई उचालेर नगरपालिकामा तोडफोड गराउनमा संलग्न  योजनाकार पक्राउ परेका छन् । यस घटनामा जयकिसान उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय साहलाई सरुवा (स्थानान्तरण)गर्नको लागि विद्यार्थीहरूलाई उक्साइ नगरपालिकाको कार्यालयमा तोडफोड गर्न लगाइएको आरोप लागेको छ ।

करिब एक महिना पहिले भएको यस घटनामा संलग्न रहेको आरोपमा १० जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । सोही मुद्दामा फरार रहेका देवाही गोनाही नगरपालिका वडा नं. ९ निवासी राजेश साह तेलीलाई शुक्रबार राति ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी टोलीले निजकै घरमा छापा मारी पक्राउ गरेको हो । 

प्रहरी नायब उपरीक्षक (डिएसपी)राजन कार्कीका अनुसार पक्राउ परेका साहलाई हाल ईलाका प्रहरी कार्यालय गरूडामा राखिएको छ । सो घटनाको अनुसन्धानका लागि अन्य संलग्नहरूमाथि पनि निगरानी बढाइएको र कानूनी प्रक्रिया अगाडि बढाइने जानकारी दिइएको छ ।

आफ्नो निजी स्वार्थ साधन विद्यार्थीहरूलाई प्रयोग गरी नगरपालिकामा तोडफोड गराउने प्रयासका कारण नगरपालिकामा अन्यौलता सिर्जना भएको थियो । सरुवासँग असन्तुष्ट पक्षले कानूनी बाटो नअपनाइ यस्तो हिंसात्मक गतिविधि गरेको स्थानीयहरूले बताए । यो घटनाले विद्यालय र समुदायमा अशान्ति फैलाएको छ भने यस्ता गतिविधिहरू दोहोरिन नदिन स्थानीय प्रशासन सचेत रहेको जनाएको छ । पक्राउ परेका अभियुक्त राजेश साह तेलीलाई कानूनी कारबाही अगाडि बढाइने र दोषी ठहर भए कडा सजाय हुने जनाइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise