२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

नेपालले आज अमेरिकासँग खेल्दै

draupadi film
मध्यान्ह
२०८१ कार्तिक ११ गते ११:२५
नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडाैं : आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दैछ ।

लिग-२ काे त्रिकाेणात्मक एकदिवसीय सिरिजकाे पहिलाे खेलमा नेपालले अमेरिकासँग खेल्ल लागेकाे हाे । नेपाल र अमेरिकाबीचकाे खेल राति सवा ९ बजे शुरु हुनेछ ।

नेपालले दोस्रो खेलमा आगामी मंगलबार स्कटल्याण्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा यस सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग कात्तिक १९ गते खेल्नेछ ।

लिग-२ का लागि लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेकाे छ । टाेलीमा कप्तान पौडेलसहित, कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन् । देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise