२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

पहिलो पटक बाँफिकोटमा फुटबल प्रतियोगिता हुने

ADV
प्रचण्ड खत्री
२०८१ कार्तिक ११ गते १२:५१
पहिलो पटक बाँफिकोटमा फुटबल प्रतियोगिता हुने

रुकुम पश्चिम : "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने मुल नाराका साथ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा पहिलो पटक सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपालीहरुको महान् पर्व शुभ दिपावलीको अवसरमा हुन गइरहेको खुला वडास्तरीय फुटबल प्रतियोगिता कात्तिक १२ गतेबाट सञ्चालन हुने आयोजकले बताएको छ । फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १२ हजार ५ सय नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दर्ता शुल्क ३ हजार ५ सय रुपैयाँ रहेको छ । 

खेल फिफाको नियम अनुसार खेलाइनेछ । दर्ताका लागि खेलाडीले आफ्नो व्यक्तिगत पहिचान खुल्ने परिचयपत्र अनिवार्य पेश गर्नुपर्नेछ । टोलीमा ७ जना  खेलाडी एउटै वडाका हुनुपर्नेछ । अन्य वडाका ३ जना सम्म समेट्न पाइने छ । खेलमा कुनै विवाद आए आयोजकको निर्णय नै अन्तिम हुने आयोजक बाँफिकोट गाउँपालिका वडा नम्बर १० को कार्यलयले जनाएको छ ।

खेल बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को वीरेन्द्र मा.वि.को खेलमैदान हुने छ । सह-आयोजकको रुपमा कालिका युवा क्लब बाँफिकोट गाउँपालिका वडा नं. ४ रहेको छ भने समन्वय बाँफीकोट गाउँपालिका रुकुम पश्चिमले गर्ने छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise