२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव

draupadi film
मध्यान्ह
२०८१ कार्तिक ११ गते २०:१७
नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव

काठमाडौं : साफ माहिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारत खेलिरहेका छन् । 

दशरथ रंगशालामा जारी सेमिफाइनलको दोस्रो हाफमा रेखा पौडेलले रातो कार्ड पाएपछि उत्तेजित समर्थकले बोतल प्रहार गरेपछि खेल रोकिएको थियाे  । 

खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् ।

भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ ।

गोलको मान्यता नपाएसँगै समर्थकले मैदानमा बोतल प्रहार गरेका छन् । जसका कारण खेल रोकिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise