२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

रोड्रीले जिते बालोन डी’ओर अवार्ड

ADV
मध्यान्ह
२०८१ कार्तिक १३ गते ११:४६
रोड्रीले जिते बालोन डी’ओर अवार्ड

एजेन्सी : स्पेन तथा म्यानचेष्टर सिटीका मिडफिल्डर रोड्रीले बालोन डी’ ओर अवार्ड जितेका छन् ।

सोमबार राति फ्रान्सको पेरिसमा भएको समारोहमा रोड्रीले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जितेका हुन् ।

म्यानचेस्टर सिटीलाई चौथोपल्ट प्रिमियर लिग जिताउन सहयोग गरेका २८ वर्षीय रोड्रीले पहिलो पटक यो अवार्ड जितेका हुन् ।

रोड्री सन् २०१९ यता इङ्ग्लिस क्लब सिटीमा अनुबन्ध छन् । रोड्रीले स्पेनलाई युरोकप २०२४ जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

गत महिना एसीएलमा चोट लागेपछि उनले यो सिजन खेल्न आएका छैन। अवार्ड समारोहमा उनी बैसाखी टेकेर आएका थिए ।

यस्तै महिलातर्फको अवार्ड स्पेनकी आइतना बोनमाटीले जितिन् । उनले लगातार दोस्रो सिनज यो अवार्ड जितेकी हुन् ।

रियल मड्रिडले अवार्ड कार्यक्रम बहिस्कार गरेको छ । रियललाई स्पेनी ला लिगा र युरोपेली च्याम्पियन्स लिग जिताएका भिनिसियस जुनियरलाई अवार्डको प्रमुख दाबेदार मानिएको थियो ।

तर, आफ्नो खेलाडीले उक्त अवार्ड नजितेको थाहा पाएसँगै रियलले पेरिसमा आयोजित कार्यक्रम केही घण्टा अगाडि बहिष्कार गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise