२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गर्मी बढेपछि ११ सय बढीलाई निःशुल्क चिसो लस्सी वितरण

ADV
क्षितिज किरण
२०८१ असार ३ गते १७:५७
गर्मी बढेपछि ११ सय बढीलाई निःशुल्क चिसो लस्सी वितरण

कपिलवस्तु : कपिलवस्तुसहित तराई मधेशमा बढेको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भइरहेको छ । यसैबीच प्रचण्ड गर्मीको यो समयमा होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उदाहरणीय कार्य गरेको छ । गर्मी बढेपछि संघले चार नम्बर जितपुर चोकमा निःशुल्क चिसो लस्सी वितरण गरेको छ ।

जितपुरमा रहेका सम्पूर्ण नागरिक तथा सवारी साधनमा यात्रा गरेकाहरु गरी ११ सय बढीलाई निःशुल्क लस्सी वितरण गरिएको होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रवीन्द्र पौडेलले जानकारी दिए । चार नम्बर चोक क्षेत्रमा विभिन्न कामले हिँडडुल गर्ने तथा व्यवसाय सञ्चालन गरेका व्यवसायी, विभिन्न सवारी साधनका चालक, सहचालक, अटोरीक्साका चालक तथा यात्रु गरी ११ सयभन्दा बढीलाई ताजा, सफा र चिसो लस्सी वितरण गरिएको संघका वरिष्ठ उपाध्यक्ष झिमलाल सापकोटाले जानकारी दिए ।

लस्सी पिउँदै गमीले तिर्खाएर आएका नागरिकले पुनित र धार्मिक कार्य गरेकोमा संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । उनीहरुले यो अत्यधिक गर्मीमा निःशुल्क लस्सी पिउन पाउँदा केही समय शितलता प्रदान भइ राहत मिलेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले संस्थाले मौसमअनुसार समयसापेक्ष कार्यक्रम गरेको बताए । कार्यक्रमको उद्घाटन गर्दै मेयर अर्यालले निकै महत्वपूर्ण र प्रत्यक्ष नागरिकले सेवा पाउने कार्यक्रम गरेकोमा संघलाई धन्यवाद दिएका थिए ।

संघका अध्यक्ष पौडेलले संघले होटल तथा पर्यटन व्यवसायीहरुको हक हितमा कार्य गरिरहेको भन्दै हाल अत्यधिक गर्मीका कारण यो कार्यक्रम आयोजना गरिएको बताए । उनले संघले स्थानीय स्रोत र साधनको प्रयोग गरी विगतदेखि नै सीपमुलक, क्षमता विकास तालिम सञ्चालन गरी रोजगारीका अवसर प्रदान गर्दै आएको पनि बताए ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका उपाध्यक्ष यादव चुंदाली, सचिव महादेव पोख्रेल, सदस्यहरु निम प्रसाद थापा, नवराज पौडेल, युवराज पन्थलगायत बाणगंगाका होटल तथा पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पत्रकार हरि आचार्यले सञ्चालन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise