२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वडाले गरेका गतिविधि जनतामाझ सार्वजनिक

ADV
कमल कुमाल
२०८१ असार ३ गते १८:४३
वडाले गरेका गतिविधि जनतामाझ सार्वजनिक

कालीकोट : वडा सरकारले गरेका गतिविधि जनतामाझ सार्वजनिक गरिएको छ । कालीकोटको पलाँता गाउँपालिकामा रहेका नौ वटा वडा सरकारले गरेका गतिविधि जनतामाझ सार्वजनिक गरिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेट, योजना, नीति निर्माण तथा खर्चका बारेमा वडा नम्बर १ देखि ९ सम्मका सम्पूर्ण नागरिकलाई राखेर सार्वजनिक गरिएको हो । सुशासन, पारदर्शिता र जवाफदेही सरकार बनाउन तथा वडालाई नागरिकमैत्री वडा बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको वडाध्यक्षहरुले बताएका छन् ।

सो क्रममा वडाध्यक्षहरुले उपलब्ध स्रोत, साधनबाट कार्य सम्पादन गर्दा केही समस्या हुन सक्ने र त्यसको समाधानका लागि प्राप्त सुझावहरुलाई आगामी दिनमा लागू गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

कार्यक्रममा पलाँता गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर रोकाया, उपाध्यक्ष अलैपुरा हमाल, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ ,सम्पूर्ण वडाका वडा अध्यक्ष, विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुले सहभागीहरुले उठाएका प्रश्न, सुझाव र जिज्ञासाको सम्बोधन गरेका थिए ।

उनीहरुले सेवा प्रभावकारी बनाउन र कमीकमजोरी हटाउन सार्वजनिक सुनुवाइ गरेको बताए । सरकार र सार्वजनिक संघ संस्थाको बारेमा जान्न बुझ्न पाउनु नागरिकको हक अधिकार रहेकाले सार्वजनिक सुनुवाइ गरिएको उनीहरुको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise