२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

दीपक मनाङे भन्छन्- 'फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु'

Nada
२०८१ कार्तिक २३ गते १३:२६
Shares
दीपक मनाङे भन्छन्- 'फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु'

काठमाडौं : गण्डकी प्रदेश सभा सदस्य राजिव गुरूङ (दीपक मनाङे)ले आफूविरुद्धको मुद्दाको फैसलाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका छन् ।

ncell

उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफूलाई तारन्तार फोन आइरहेकाले मोबाइल बन्द गरेको उल्लेख गर्दै मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहित सञ्चारमाध्यमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु, यही विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरूमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको पाएको छु, यसमा मेरो आपत्ति छ । अन्तमा: सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रूपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’

ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन बन्द गरेर उनी सम्पर्कविहीन भएका थिए ।

सम्बन्धित खबर