२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन

Nada
२०८१ कार्तिक २३ गते १४:५९
Shares
प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

ncell

ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको सभापतित्वमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो । दुवैको नाम सर्वसम्मतिले अनुमोदन भएको ज्येष्ठ सदस्य जबराले बताए ।

यसअघि संसदीय समितिको बैठकमा निरौला र पाण्डेले कार्ययोजना र अवधारणा प्रस्तुत गरेका थिए ।

उनीहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

सम्बन्धित खबर