२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

बझाङको सुर्मा गाउँपालिका-४ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुने

ADV
सत्यराज सिंह
२०८१ कार्तिक २३ गते १६:५१
बझाङको सुर्मा गाउँपालिका-४ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुने

बझाङ : बझाङकाे सुर्मा गाउँपालिका वडा नं. ४ मा वडाध्यक्षका लागि मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ । सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष सर्जन बहादुर बोहराको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन कार्यालय, बझाङका अनुसार २०७९ सालको निर्वाचनको आधारमा उपनिर्वाचन हुने सुर्मा गाउँपालिका–४ मा एक मतदान केन्द्र र २ मतदान स्थल रहेका छन् । सुर्मा माध्यामिक विद्यालय एउटा मात्र मतदान केन्द्र रहेको छ । 

२०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेका सर्जन बहादुर बोहरा ६ सय २९ मत प्राप्त गरेर विजयी भएका थिए । बोहराका प्रतिस्पर्धी नेपाली कांग्रेसका लोक बहादुर बोहराले ६ सय ४ मत प्राप्त गरेका थिए । कात्तिक २६ गते मतदाताको अन्तिम नामवली प्रकाशनको तयारी भइरहेको निर्वाचन कार्यालय बझाङका कम्प्युटर अप्रेटर गोरखराज जोशीले बताए ।

उपनिर्वाचनका लागि सुर्मा गाउँपालिका–४ को वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको उम्मेदवारका लागि खर्चको हदसमेत निर्धारण गरेको छ । जसमा वडाध्यक्षको पदका उम्मेदवारले १ लाख ५० हजार मात्रै खर्च गर्न पाउने भएका छन् । उपनिर्वाचनका लागि २५ वटा दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise