लिएको उद्देश्य नभेटाउनु नेपालको पर्याय नै बनिसकेको छ । विकासकै प्रशंगमा पनि ठूला परियोजना मात्रै नभएर स–साना कार्यक्रमका उद्देश्य पनि पुरा हुँदैनन् । यस्तो पृष्ठभूमिमा उभिएको मुलुकका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मंगलबार घरेलु मैदानमा सकिएको तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) को उद्देश्यबारे प्रष्ट्याउँदै भनेका थिए– नेपालले ५० स्वर्ण जित्छ । मन्त्री विश्वकर्माकै भाष्यलाई सामान्यीकरण गर्दै नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायत संस्थाका पदाधिकारीले पनि नेपालले ५० स्वर्ण जित्ने दावी गरे ।
धेरैले सागका सन्दर्भमा विभागीय प्रमुखहरुकै शब्दलाई खासै वास्ता गरेनन् । वास्ता नगर्नुमा एक होइन, अनेक कारण थिए । सन् १९८४ बाट शुरु सागको इतिहासमा एक पटक (सन् १९९९ मा ३१ स्वर्ण जित्नु बाहेक) दोहोरो अंकमा नेपालले स्वर्ण जित्न समेत सकेको थिएन । पाँच स्वर्ण पु¥याउनु पनि नेपालका लागि हम्मे–हम्मे पर्ने गरेको थियो । अर्कातर्फ खेल क्षेत्रलाई नेपाल सरकारको वेवास्ताले इतिहास सच्चिन्छ भन्नेमा कमै विश्वास थियो । साग शुरु हुने सप्ताहन्तसम्म पनि साग उद्घाटन हुने दशरथ रंगशालाको पुनर्निर्माण सकिएको थिएन । पौडी पोखरीदेखि खेलकुद सामग्रीको अभाव उस्तै थियो । कतिसम्म भने केही खेलमा त प्रतिश्पर्धी देशकै खेल सामग्री सापट मागेर खेलिएको थियो ।
यस्तो अवस्थामा मन्त्रीको अभिव्यक्ति महत्तोकांक्षी त छँदै थियो । विश्वासको आधार समेत थिएन । तर, नेपालले ५० होइन, ५१ स्वर्ण जित्यो । व्यक्तिगत खेलमा मात्रै नभएर समूह खेल समेत जितेर दर्शक तथा नेपालीजनमा ठूलो उत्सवको अवस्था सिर्जना गरिदियो । यस अर्थमा तेह्रौ साग सम्झन लायक इतिहास निर्माण बनेको छ । पूर्व सन्ध्या र साग जारी रहँदाको अवस्थामा भएका कमजोरीबारे अब समीक्षा र प्रशंसाका क्रम शुरु हुनेछ । त्यो स्वभाविक हो र हुनु पनि पर्छ ।
अन्त्यमा, साग र नेपालको खेल क्षेत्रबारे समाजशास्त्रीहरुको एक महत्वपूर्ण परिभाषा उपयुक्त होला– वर्तमानलाई इतिहासले घोडा चढ्न हुन्न, भविष्यले इतिहासलाई घोडा चढ्नुपर्छ । हो, ठूलो उत्साह दिएर विदाई भएको सागमा नयाँ कीर्तिमानी अबको कार्यभार हो । तेह्रौंको इतिहासलाई १४औं पाकिस्तान सागले तोड्दै अगाडि बढ्नुपर्छ । त्यसैबाट नै १३औंमा महत्वपूर्ण योगदान दिने खेलाडीहरुको सम्मान सँगै, विश्व रंगमञ्चमा नेपाल स्वर्ण अक्षरतर्फ अगाडि बढ्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies