२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : युवा उठ अब

shivam cement
२०८१ कार्तिक २४ गते ०६:१५
Shares
कविता : युवा उठ अब

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

युवाहरू उठ अब उठ्ने बेला भयो
सुत्ने बेला होइन अब जुट्ने बेला भयो
तिमी हाँसे देश हाँस्छ बुझ्ने बेला भयो
खेतबारी बाँझो राख्दा रुने बेला भयो 
देश दुख्दा चुप लाग्ने बेला अहिले होइन
देश छोडी विदेशतिर धाउने बेला होइन
युवा जोस जाँगर अहिले फाल्ने बेला होइन
घर गोठ रित्तै पारी भाग्ने बेला होइन
हिजो थियो तिम्रो खाँचो अस्ति पनि तिम्रै
आज अहिले तिम्रै खाँचो भोलि पनि तिम्रै
देश हाँक्ने युवा नै हुन् वृद्धहरू होइन
रोगी वृद्ध खुम्रेहरू नेता बन्ने होइन
डुब्नै लाग्यो घाम हेर धुकधुकी नै छैन 
अस्ताएका वृद्धहरू बुझ्ने कहिल्यै होइन
वृद्ध आश्रम खालि छ है पठाऊ तिनलाई धाम
युवा अब सशक्त होऊ देश आफैं छाम
युवा अब सशक्त होऊ देश आफैं छाम ।।

सम्बन्धित खबर