काठमाडौं : चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ परेका हुन् ।
उनीहरुको नेपालको बैंक ह्याकिङमा समेत संलग्नता देखिएको प्रहरीले बताएको छ । 'यिनीहरुको कनेक्स ह्याकरहरुसँग देखिएको छ,' अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने, 'अरु बैंकहरु पनि ह्याक भएको हुनसक्ने देखिएको छ । यसमा हामीले अनुसन्धान थालिसकेका छौं ।'
यो समूहको १७ वटा बैंकमा कारोबार भएको देखिएको छ । त्यसका आधारमा ती बैंकहरु पनि ह्याकरको निसानामा परेको हुनसक्ने देखिएको छ । गत असोजमा कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम झिक्नेहरु पक्राउ परेको समूहकै रहेको भेटिएपछि प्रहरीले उनीहरुमाथि अनुसन्धान अगाडि बढाएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies