काठमाडौं : ग्यास गिजरबाट आगलागी हुँदा सुन्धारामा दुई जना घाइते भएका छन् । सुन्धारास्थित पानस रेष्टुरेन्टमा ग्यास पाइप फेर्न क्रममा ग्यास लिक भएर आगलागी हुँदा दुई जना घाइते भएका हुन् । घाइतेहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
कैलास बैंक पछाडि रहेको पानस रेष्टुरेन्टमा ग्यास गिजरमा ग्यास सिलिण्डर फेर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी प्रमुख डीएसपी बासुदेव खतिवडाले जानकारी दिए । काठमाडौं महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागीपछि रेस्टुरेन्टका सञ्चालक फरार भएको प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies