बेलायत : बेलायतमा आज आम निर्वाचन हुँदैछ । युरोपली युनियनवाट बेलायतको बर्हिगमन ‘ब्रेक्जिट’ तथा देशको भविष्यलाई लिएर भइरहेको अन्यौलको निर्णय मतदानबाट हुन लागेको हो । निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीविच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
पछिल्ला मत सर्वेक्षणहरुले जोनसनको दलले बढी स्थान जित्ने देखाएका छन् । ब्रेक्जिट र बेलायतको भविष्यका बारेमा प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले पुरानै शैली र योजना अघि सारेका छन् ।
विपक्षीको समेत सहमतिमा हुन लागेको चुनावमा जोनसनले बहुमत हासिल गर्ने र ब्रेक्जिटको गतिरोध तोड्ने आशा राखेका छन् । ब्रेक्जिट सम्वन्धी प्रस्तावमा सहमति जुटन नसकेपछि जोनसनले निर्वाचनमा जाने निर्णय गरेका हुन् ।
जसमा प्रतिपक्षी दलले समेत समर्थन जनाएको थियो । सन् १९२३ यता पहिलो पटक बेलायतमा डिसेम्बरमा चुनाव हुन लागेको हो । आज हुने मतदानको परिणाम भोलीसम्म आइसक्ने बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies