२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

नृपध्वज निरौला र नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीश नियुक्त

Nada
२०८१ कार्तिक २५ गते १४:३०
Shares
नृपध्वज निरौला र नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौं : नृपध्वज निरौला र नित्यानन्द पाण्डे सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।

ncell

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार निरौला र पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै निरौला र पाण्डेलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा न्यायाधीश पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।

गत शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले उनीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

सम्बन्धित खबर