काठमाडौं : गोरखा १ बाट प्रतिनिधिसभा निर्वाचित सांसद राजेन्द्र बजगाईं आज एक्लै ब्यानर बोकेर माइतीघर पुगेका छन् ।
हवाई भाडा महँगो भएकोमा विरोध गर्दै उनी माइतीघर पुगेका हुन् । सत्तारूढ दल नेपाली कांग्रेसका युवा नेतासमेत रहेका उनले हवाई भाडा दर बढेकोमा विरोध जनाएका हुन् ।
'नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त छ उता नेपालभित्र रोजगार नपाएर घरको गाईभैंसी बेचेर विदेश जाने नपाली दाजुभाइ दिदीबहिनीलाई महँगो भाडादरले झनै ऋण थपिएको छ‚' उनले विरोध जनाउँदै भनेका छन् ।