२०८१ कार्तिक २८ गते बुधवार / Nov 13 , 2024 , Wednesday
२०८१ कार्तिक २८ गते बुधवार

राष्ट्रपतिद्वारा चीन र अमेरिकाका लागि राजदूत नियुक्त

ADV
मध्यान्ह
२०८१ कार्तिक २५ गते १५:२२
राष्ट्रपतिद्वारा चीन र अमेरिकाका लागि राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले  प्राडा कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राजदूत पदमा नियुक्त गरेका हुन् । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्राडा ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ADVADV

सम्बन्धित खबर

Advertise