२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो

ADV
मध्यान्ह
२०८१ कार्तिक २५ गते १५:५८
कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो

काठमाडौँ : मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ । आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो ।

उनलाई आइतबार मध्याह्न बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीमाथि जापानमा जाँदा असम्बन्धित मान्छेलाई लिएर गएर मानव तस्करीको प्रयास गरेको आरोप छ ।

विवादमा परेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने नेकपा एमालेले उनलाई पार्टीका पदहरुबाट निलम्बन गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise