काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आजबाट शुरु हुँदैछ । आज दिउँसो उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्रमा राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडी छन् । मछिन्द्रले लिग जित्ने लक्ष्यसहित राष्ट्रिय टिमका नियमित ७ खेलाडीलाई यो सिजन क्लबमा अनुबन्धन गरेको छ ।
ब्रिगेड ब्वाईजमा ए डिभिजन लिगमा डेब्यु गरेका अनिल गुरुङ सहित केही पुराना खेलाडी समावेश छन । ब्रिगेडले लिगको लागि तीन पोखरेली खेलाडी भित्राएको छ । फागुन ३ गतेसम्म चल्ने लिगमा घरेलु फुटबलका १४ ए डिभिजन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यो सिजन एउटा क्लब रेलिगेशनमा पर्ने एन्फाले जनाएको छ । लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख पुरस्कार पाउनेछन । त्यस्तै तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ । गत सिजन मनाङ मस्र्याङदीले उपाधि जितेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies