२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

जिप दुर्घटनाका घाइतेको उपचार प्रभावकारीरुपमा गर्न मुख्यमन्त्रीको निर्देशन

ADV
कुलेन्द्र शाही
२०८१ कार्तिक २५ गते १९:३५
जिप दुर्घटनाका घाइतेको उपचार प्रभावकारीरुपमा गर्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कालीकोटमा दुर्घटनामा परी घाइते भएकाहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । कर्णाली प्रदेश अस्पतालमा पुगेर मुख्यमन्त्री कँडेलले घाइतेको अवस्था बुझ्दै उपचारमा कुनै कसरत बाँकी नराख्न निर्देशन दिएका छन् ।

अस्पताल पुग्नुअघि मुख्यमन्त्री कँडेल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ल्याइएका घाइतेको अवस्था बुझ्न सुर्खेत विमानस्थल पुगेका थिए । आइतबार दिउँसो कालीकोटको पलाता गाउँपलिका-५, को खिनदेखि थिर्पुतर्फ जाँदै गरेको क १ ज ५६ नम्बरको बोलेरो जिप वडा नम्बर ३ मा अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो । घटना लगत्तै नेपाली सेनाको उत्तर पश्चिम एयरबेस सुर्खेतबाट गएको हेलिकप्टरले घाइतेहरुको उद्धार गरेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा पलाता गाउँपालिका ६ का दसकला शाही, सोही ठाउँका पदम बम, भगवति रोकाया, गणेश शाही, सोही पालिकाका-५, छाया शाही र  वडा नम्बर ३ का दमन रोकाया रहेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise