२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना, चालकसहित पाँच जनाको मृत्यु

Nada
२०८१ कार्तिक २६ गते १०:३०
Shares
बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना, चालकसहित पाँच जनाको मृत्यु

बागलुङ : बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । 

ncell

ग २ च ९२४७ नम्बरको ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । 

घटनामा मृतकको पहिचान खुलिसकेको छैन । ‘पिकअपभ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए । 

सम्बन्धित खबर