२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा राजेश हमाल

shivam cement
मध्यान्ह
२०८१ कार्तिक २६ गते १४:१३
लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा राजेश हमाल

काठमाडौं : लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई आगामी नेपाल प्रिमियर लिग (एनपीएल)का लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ । सोमबार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी गराइएको हो ।

नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो शक्तिशाली डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दा बाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन् । नेपाली चलचित्रको क्षेत्रमा उनको असाधारण योगदानले उनलाई ʻमहानायक’को रुपमा पनि चिनिन्छ । ब्राण्ड एम्बेसडरको रूपमा लुम्बिनी लायन्समा आबद्ध भइ उनले नेपाली खेलकुदमा पनि आफ्नो प्रेरणादायी उपस्थिति जनाएका छन् ।

ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त भएपछि हमालले आफ्नो विचार राख्दै भने, “लुम्बिनी लायन्ससँगको यस सहकार्यले मलाई अत्यन्त खुसी र गर्व महसुस गराएको छ । लुम्बिनी लायन्सको एनपीएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभइ समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी छ । म यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपालीे क्रिकेटको प्रवर्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित छु ।”

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले हमाललाई ब्राण्ड एम्बेसडरको रूपमा स्वागत गर्दै भने, “चलचित्र जगतको ‘लायन’लाई लुम्बिनी लायन्समा भित्राउन पाउँदा हामी निकै खुसी छौं । हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई समग्र रुपमा एनपीएलको उत्कृष्ट टिम बनाउने हो र उहाँको आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ । लुम्बिनीलाई एकदमै महत्व दिएर हामी अगाडी बढिरहेका छौं र सोही अनुरुप कप्तान, कन्सुल्टेन्त कोच तथा ब्रान्ड एम्बेसडर साइन गरेका छौं । म आफैं पनि लुम्बिनीमै जन्मेको र क्रिकेट खेलसँग पनि भावना जोडिएकोले मलाई गर्वको महसुस भइरहेको छ ।”

लुम्बिनी लायन्सको यो नयाँ घोषणाले यस प्रान्चाइजका साथै नेपाली खेलकुदमा नै नयाँ उत्साह र ऊर्जा थप्नेछ । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।

ADV

सम्बन्धित खबर

Advertise