धरान : प्रधानमन्त्री केपी शर्मा ओलीबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औं दीक्षान्त समारोहमा आज ६५७ विद्यार्थी दीक्षित भएका छन् ।
प्रतिष्ठानका सन् २०१० देखि २०१७ व्याचका एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस, डीएम, एमसीएच बीएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बीएमएलटी, बीएमआइटी, एपीएस र पीएडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरुलाई कूलपति ओलीबाट दीक्षित गरिएको हो ।
भारतका शिक्षाविद् प्रा.डा ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहेको कार्यक्रममा सहकूलपति एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी थिए । कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्दै आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।