२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

काठमाडौँमा युवा वैज्ञानिक शिखर सम्मेलन हुने, उत्कृष्टलाई सिंगापुर सम्मेलनमा सहभागिताको अवसर

ADV
मध्यान्ह
२०८१ कार्तिक २६ गते १६:५७
काठमाडौँमा युवा वैज्ञानिक शिखर सम्मेलन हुने, उत्कृष्टलाई सिंगापुर सम्मेलनमा सहभागिताको अवसर

काठमाडौँ : नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा आगामी डिसेम्बर २७ र २८ मा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौं संस्करण काठमाडौँमा हुने भएको छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित यो सम्मेलन युनिग्लोब माध्यमिक विद्यालय, कमलादीमा आयोजना हुनेछ।

देशभरका युवा बैज्ञानिक र अनुसन्धानकर्ताहरूले पाँच फरक विधामा आफ्ना अनुसन्धान परियोजनाहरू प्रस्तुत गर्नेछन् । यी विधाहरूमा जीव विज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ्ग र रोबोटिक्स, कम्प्युटर विज्ञान र कृत्रिम बौद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि समेटिएका छन् । परियोजनाको छनोटमा नवीन प्रविधि र प्रयोगलाई प्राथमिकता दिइने आयोजकले जनाएका छन् ।

प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई “युवा बैज्ञानिक” उपाधि प्रदान गरिनेछ । साथै, सम्मानित हुने युवा वैज्ञानिकहरूलाई सिंगापुरमा हुने १४औं एशिया प्यासिफिक सम्मेलनमा सहभागिता जनाउनका लागि आवेदन दिन योग्य मानिनेछ । छानिएका युवा बैज्ञानिकहरूले नेपाल पोलिमर इन्स्टिच्युटको राष्ट्रिय अनुसन्धान समितिको मार्गदर्शनमा आफ्नो अनुसन्धान क्षमता विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान र नेटवर्किङको अवसर प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise