२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

सिआइबी कार्यालयमा ल्याइयो मनाङेलाई, अदालत पेश गर्ने तयारी

ADV
मध्यान्ह
२०८१ कार्तिक २७ गते १२:०८
सिआइबी कार्यालयमा ल्याइयो मनाङेलाई, अदालत पेश गर्ने तयारी

काठमाडौँ : गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा ल्याइ पुर्‍याइएको छ । उनलाई बिहानै काठमाडौँको सानो भर्‍याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट सिआइबीको टोलीले पक्राउ गरेको हो ।

सिआइबीले मनाङेलाई कानुनी प्रक्रिया अनुसार मंगलबार नै काठमाडौँ जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ । मनाङे ज्यान मार्ने उद्योग मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए ।

२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत, पाटनले उनलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा पाँच वर्षको कैद सजाय सुनाएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पुनरावेदन अदालतको उक्त फैसला सदर गरेपछि मनाङे पुनः दोषी ठहर भएसँगै भुक्तान हुन बाँकी सजाय काट्नु पर्ने भएको छ ।

यसअघि केही समय जेल बसेर छुटेका मनाङे २०७९ सालमा मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मनाङबाट विजयी हुँदै गण्डकी प्रदेशमा पटक–पटक मन्त्री पदमा पनि रही सकेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise