काठमाडौँ : युएईमा जारी आइसीसी यू-१९ महिला टि-२० विश्वकप छनोटको चौथो खेलमा नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ ।
दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको सानदार शतकमा २ विकेट गुमाएर २१३ रन बनायो ।
तेस्रो विकेटका लागि पूजा र सोनी पाख्रिनबीच केवल ८४ बलमा १५७ रनको साझेदारी गरेका थिए । यु-१९ महिला क्रिकेटमा यो सबैभन्दा ठूलो साझेदारीको रेकर्ड हो ।