२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई पक्राउ

Nada
२०८१ कार्तिक २७ गते १६:५१
Shares
पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई पक्राउ

काठमाडौँ : कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करी तथा कीर्ते प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

ncell

पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नवीन राई रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले बताएको छ । उनीहरूले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको हो ।

मन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए ।

तर, उनीसँगै जापान गएका खोटाङको केपीलासलगढी गाउँपालिका४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका-२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका-५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।

सम्बन्धित खबर