२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

ADV
मध्यान्ह
२०८१ कार्तिक २७ गते १८:०४
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौंः कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई सात दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो । 

आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको थियो । उनलाई आइतबार मध्याह्न बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीमाथि जापानमा जाँदा असम्बन्धित मान्छेलाई लिएर गएर मानव तस्करीको प्रयास गरेको आरोप छ ।

विवादमा परेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने नेकपा एमालेले उनलाई पार्टीबाट निलम्बन गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise