२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

टोल सुधार समितिले गर्‍यो खैरामाई मन्दिरको सरसफाइ

Nada
राहुल गुप्ता
२०८१ कार्तिक २७ गते १९:५५
Shares
टोल सुधार समितिले गर्‍यो खैरामाई मन्दिरको सरसफाइ

बारा : बाराको फेटा गाउँपालिका वडा नम्बर १ स्थित खैरामाई मन्दिरको प्राङ्गण वडास्तरीय टोल सुधार समितिले सरसफाइ गरेको छ । मंगलबार वडास्तरीय टोल सुधार समितिले दोस्रो पटक खैरामाई मन्दिरको सरसफाइ गरेका हुन् ।

ncell

हिन्दुहरूको महान पर्व बडा दशैं र पूर्णिमामा लाग्ने खैरामाई मेलाको समयमा सरसफाइ गरिएको वडास्तरीय टोल सुधार समितिका अध्यक्ष शेसनाथ यादवले जानकारी दिए । उनले सामाजिक कार्यको निम्ति, समाजमा हुन सक्ने योगदानको निम्ति, समाजमा हुन सक्ने प्रगतिको निम्ति वडास्तरीय टोल सुधार समिति जहिले पनि खडा रहने बताउँदै कात्तिक ३० गतेदेखि पाँच दिनको लागि लाग्न गइरहेको मेलाको समयमै सरसफाइको कार्यक्रम राखिएको बताए ।

टोल सुधार समितिका संस्थापक तथा फेटा गाउँपालिकाका समाजसेवी वरिष्ठ पत्रकार उमेश दुबेले सामाजिक कार्यको लागि नै टोल सुधार समिति गठन गरिएको बताए । स्थानीय तहले गर्न नसकेका तथा समाजिक कार्यमा स्थानीय तह आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको ठाउमा टोल सुधार समिति अग्रसर हुने गरेको दुबेले बताए । उनले टोल सुधार समितिका सम्पूर्ण सदस्यहरू आ–आफ्नो ठाउँबाट समाजसेवामा लागेका बताए । वडा नम्बर १ संगै प्रत्येक वडामा टोल सुधार समिति गठन हुने संस्थापक उमेश दुबेले जानकारी दिए ।

टोल सुधार समितिले आयोजना गरेको सरसफाइ कार्यक्रममा बोर्डर आउट पोस्ट मटिअर्वा र बरैनियाबाट १५ जना सशस्त्र प्रहरीको टोली र ईलाका प्रहरी कार्यालय प्रसौनीबाट ६ जना नेपाल प्रहरीको टोली समेतको सहभागीता रहेको समितिका उपाध्यक्ष रामजी दासले जानकारी दिए ।

सम्बन्धित खबर