२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

गैरआवासीय नेपाली तारा कतारका आयोजकले गरे राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

ADV
तिलु शर्मा पौडेल
२०८१ कार्तिक २७ गते २१:१०
गैरआवासीय नेपाली तारा कतारका आयोजकले गरे राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

दोहा, कतार : राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गरिएको ‘गैरआवासीय नेपाली तारा–२०२३, कतार  सिजन ४’ प्रतियोगीताका आयोजक गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) र तमु (गुरुङ) समाज कतारले आयव्यय सार्वजनिक गरेका छन् । आयोजकले दोहामा एक सम्मान कार्यक्रमको आयोजना गर्दै प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने कलाकार, निर्णायक, सञ्चारकर्मी तथा सहयोगी दाता लगायतलाई मायाको चिनोसहित सम्मान पत्रले सम्मान गर्दै आयव्यय सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको आयव्यय अनुसार राष्ट्रिय आविष्कार केन्द्रलाई रु ३ लाख ५१ हजार रुपैयाँ (करिब १० हजार कतारी रियाल) सहयोग गरिएको जानकारी दिइयो ।  कुल ८२ हजार ८ सय ६१ कतारी रियाल आम्दानी भएको प्रतियोगितामा कुल खर्च ८० हजार ९ सय २६ रियाल भएको जानकारी दिँदै २ हजार ५ सय ९४ रियाल बचत भएको एनसीसी कतारका कोषाध्यक्ष  बुद्ध पाण्डेले  कार्यक्रममा सार्वजनिक गरेका थिए । 
उनले सम्मान कार्यक्रममा ९ सय १९ रियाल खर्च भएको हुँदा कोषमा १ हजार ६ सय ७५ रियाल बचत रहे पनि ६ सय ५१ कतारी रियाल उठ्न बाँकी रहेको स्पष्ट पारे ।

कार्यक्रम नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यता तथा  एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभाध्यक्षतामा सम्पन्न भएको हो ।  आफ्नो शुभकामना मन्तव्य राख्दै प्रवासमा रहेका प्रतिभालाई उजागर गर्ने कार्यमा आयोजक सफल रहेको बताउँदै प्रशंसा गरे । 

तमु समाजकी अध्यक्ष टौ माया  गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भट्टले स्थानीय कलाकारको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको स्मरण गर्दै आयोजक संस्था तमुसहित विभिन्न कोणबाट सहयोग गर्ने सम्पूर्णलाई कृतज्ञता ज्ञापन गरे । कार्यक्रमलाई एनसीसी कतारका महासचिव रबिन मगरले सहजीकरण गरेका थिए ।

१ डिसेम्बर २०२३ शुक्रबारका दिन पहिलो अडिसन लिँदै सुरु भएको प्रतियोगितामा कुल ४७ जना सहभागी भएका थिए । २ फेबुअरी २०२४ मा ग्राण्ड फिनाले गरिएको ताराको उपाधि रुष्तम तामाङले जितेका थिए भने नृत्य विधामा निरु श्रेष्ठले उपाधि जितेकी थिइन ।
 

ADVADV

सम्बन्धित खबर

Advertise