२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

अघिअघि छवि, पछिपछि रवि

ADV
अस्मिता बम
२०८१ कार्तिक २८ गते ०७:४६
अघिअघि छवि, पछिपछि रवि

काठमाडौं : सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही पु¥याइएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई हवाईमार्गबाट भैरहवा विमानस्थल हुँदै इलाका प्रहरी कार्यालय बुटवल लगिएको हो । यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोमा कास्की प्रहरीको हिरासतमा थिए । 

यसअघि सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशी जिल्ला सरकारी वकिल कार्यालय बुटवलमा बयान लिइएको थियो । यही कात्कि ६ गते जोशीको बयान भएको थियो । जोशीको बयान सकिएपछि उनलाई काठमाडौं हुँदै कास्की लगिएको थियो । रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिएको थियो । रवि लामिछानेको पनि जोशीकै झै गरी बयान शुरु भएको छ । बुटवलमा बयान सकिएसँगै रवि लामिछानेलाई पजि काठमाडौं ल्याउने तयारी गरिएको बताइन्छ । त्यसका निम्ति प्रहरीले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान अगाडि बढाएको छ । 

सूर्यदर्शन सहकारी ठगीमै पक्राउ परेका कुमार रम्तेललाई भने मंगलबार नै काठमाडौं पठाउन कास्की प्रहरीलाई पत्राचार गरिएको छ । रुपन्देहीको बयानलगत्तै लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न हामी मगाउने तयारी छ । प्रहरीले ओखलढुंगाका गितेन्द्रबाबु (जीबी)राईले सञ्चालन गरेका काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा र पर्साको सानोपाइला सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि अनुसन्धान थालेको हो ।

लामिछाने गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक थिए । पाँच सहकारी ठगीका मुख्य आरोपित जीबी राई भने फरार छन् । यो अनुसन्धानमा पक्राउ परेका छविराज जोशीको बिभिन्न जिल्लामा बयान भइसकेको छ । छवि छि प्रहरीले ति जिल्लामा लगेर रवि लामिछानेको पनि बयान लिँदैछ । लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । कास्की जिल्ला अदालतको आदेशमा कास्की प्रहरीले उनीसहित १४ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी गरेको थियो । 

कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परे लगत्तै रास्वपा आन्दोलनमा उत्रिएको छ । लामिछानलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसिन्धान ब्युरो (सीआइबी) काठमाडौंको चमतीस्थित पार्टी कार्यालय पुग्दा लामिछानेका समर्थक र पार्टीका नेता/कार्यकर्ताले विरोध गरेका थिए । त्यसयता कहिले पोखरा त कहिले काठमाडौं केन्द्रित आन्दोलनमा रहेको रास्वपाले लामिछाने पुगे लगत्तै रुपन्देहीमा पनि विरोध प्रदर्शन शुरु गरेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा र जीबी राईसँग मिलेर अपचलन गरेको आरोपमा पूर्वगृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक जोशी र लिला पसाईंलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise