२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

धुलिखेल खानेपानी आयोजना पुनर्निर्माण गर्न जर्मनीले सहयोग गर्ने

Nada
२०८१ कार्तिक २८ गते ११:०१
Shares
धुलिखेल खानेपानी आयोजना पुनर्निर्माण गर्न जर्मनीले सहयोग गर्ने

काभ्रेपलाञ्चोक : बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ । 

ncell

जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत काठमाडौँस्थित जर्मनीको दूतावासले रु एक करोड ४५ लाख रकम सहयोग गर्ने नगरप्रमख अशोक ब्याञ्जूले बताए। हालै नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जसँग भएको भेटवार्तामा उनले खानेपानी आयोजनाको मर्मतसम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

आगामी केही दिनमा सहयतासम्बन्धी द्विपक्षीय सम्झौतासँगै रकम निकासा हुने नगप्रमुख ब्याञ्जूले जानकारी दिए। उक्त आयोजना पुनर्निर्माण गर्न रु तीन करोड ५१ लाख खर्च हुने उनको अनुमान छ ।

जर्मनीबाट प्राप्त हुने रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ । गत महिनाको बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।

सम्बन्धित खबर