काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । घिसिङले नेपाल विद्युत् प्राधिकरणको सभाहलमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
घिसिङले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीसँग बक्यौता रकम उठाउनुपर्ने अडान लिँदै महसुल भुक्तानी नगरेका ३४ ठुला उद्योगको लाइन काटेका थिए ।
यसैबिच मन्त्रिपरिषद् र प्राधिकरणको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न शुरु गरेको छ ।