२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

मुख्यमन्त्री लामालाई बागमतीको संसदीय दलले बुझायो ध्यानाकर्षण पत्र

ADV
मध्यान्ह
२०८१ कार्तिक २८ गते १६:३०
मुख्यमन्त्री लामालाई बागमतीको संसदीय दलले बुझायो ध्यानाकर्षण पत्र

मकवानपुर : प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेशको संसदीय दलका प्रतिनिधिले सरकारले जनता केन्द्रित कार्य सम्पादन गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । 

आज मुख्यमन्त्री कार्यालय हेटौँडामा ज्ञापन पत्र बुझाउँदै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकार गठन भएको एकसय दिन पुगिसकेको भन्दै प्रदेशको समग्र विकासमा सरकार केन्द्रित हुन नसकेको आरोप लगाए । उनले सरकार संघीयताको मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए ।

दलका नेता जम्कट्टेलले विकासको आकांक्ष र आवश्यकतालाई सम्बोधन गर्दै सरकार अगाडि बढ्नुपर्ने उल्लेख गरे । आठ बुँदे मागसहित विभिन्न विषयमा ज्ञापन पत्र बुझाउँदै दलले विभिन्न समयमा सर्वदलीय बैठकले गरेका निर्णय अविलम्ब कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

ध्यानाकर्षण पत्रमा संघीयताको संस्थागत शुद्धीकरण, सुशासन र प्रदेशको विकासमा केन्द्रित हुनुपर्ने माग राखिएको छ । गत असोज ११ र १२ गते आएको बाढीपहिरोले प्रदेशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएका भन्दै पीडितका समस्यालाई तत्काल सम्बोधन गर्न माग गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise