२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

Nada
२०८१ कार्तिक २९ गते १०:३१
Shares
गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

म्याग्दी : गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । 

ncell

काठमाडौँको ग्राण्डी अस्पतालमा डेंगुको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले बताए । 

डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् ।  गौचनलाई गएराति १२ बजे हृदयाघात पनि भएको थियो । उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा चुनिएकी थिइन् । 

सम्बन्धित खबर