२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

छ लाख नगदसहित १३ जना पक्राउ

Nada
२०८१ कार्तिक २९ गते ११:१२
Shares
छ लाख नगदसहित १३ जना पक्राउ

तनहुँः शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु छ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् । 

ncell

स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो । 

खालबाट १६ थान कौडा बरामद भएको छ । उनीहरुमाथि मुलुक अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर