२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाँफिकोटको अध्यक्षमा जैसी 

ADV
प्रचण्ड खत्री
२०८१ असार ४ गते २०:५९
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाँफिकोटको अध्यक्षमा जैसी 

रुकुम पश्चिम : अखिल नेपाल महिला संघ(क्रान्तिकारी) बाँफिकोटको सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । रिता जैसीको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा सुजता वि.क, देवी सुनार, अमृता बुढा, सचिवमा कमला मल्ल, सहसचिवमा नविना बोहरा र कोषाध्यक्षमा तिलसरा नेपाली चयन भएकी छिन् । 

सम्मेलनको नेकपा माओवादी केन्द्रका  कर्णाली प्रदेश कमिटी सदस्य तथा बाँफिकोट गाउँपालिका इन्चार्ज धर्मबहादुर केसीले ब्यानर पढेर उद्घाटन गरेका थिए । 

सम्मेलनमा महिला अधिकारकर्मीको सवालको विषयमा समेत अन्तरक्रिया गरिएको थियो । सम्मेलनमा नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी, जिल्ला समन्वय समिति रुकुम पश्चिमकी पूर्व उपप्रमुख इन्द्रिरा विएम र त्रिवेणी  गाउँपालिका पूर्व उपाध्यक्ष निर्मला विष्ट लगायतको उपस्थित रहेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise