२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

उपप्रमुखमा महिलाले मात्रै उम्मेदवारी दिन पाउने

ADV
मध्यान्ह
२०८१ कार्तिक २९ गते १२:५८
उपप्रमुखमा महिलाले मात्रै उम्मेदवारी दिन पाउने

काठमाडौँ : आसन्न उपनिर्वाचनमा-४ गाउँपालिकाको उपप्रमुख पदमा महिलाहरू मात्रै उम्मेदवार बन्न पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सुर्केगाड र बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपप्रमुख पदका लागि महिलाहरूले मात्रै उम्मेदवारी दिन पाउने भएका हुन् ।

ती गाउँपालिकाको प्रमुखमा निर्वाचित पुरुषहरू पदमा बहाल रहेकाले राजनीतिक दलहरूबाट महिलाहरू मात्रै उम्मेदवार बन्न पाउने भनी निर्वाचन आयोगले नीतिगत निर्णय गरेको हो । उपनिर्वाचन मंसिर १६ गते हुँदैछ ।

उपनिर्वाचनमा ७ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदका लागि निर्वाचन हुँदैछ । तीमध्ये चारवटा स्थानीय तहमा यसअघि नै पुरुष निर्वाचित भएकाले अर्को पदका लागि महिला अनिवार्य गरिएको हो ।

रिक्तमध्ये अहिले नै प्रमुख वा उपप्रमुखमा महिला जनप्रतिनिधि भएका ठाउँमा भने यो व्यवस्था अनिवार्य हुनेछैन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख वा उपप्रमुख पदमा रिक्त स्थानीय तहमा एउटा पदमा यसअघि नै पुरुष निर्वाचित भए महिलाको मात्रै उम्मेदवारी हुने निर्णय भएको बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise