२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

दार्चुला दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइयो 

Nada
२०८१ कार्तिक ३० गते ११:२९
Shares
दार्चुला दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइयो 

काठमाडौँ : दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ६ स्थित बकजेवलामा म १ ज ३३८ नम्बर को बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइएको छ ।

ncell

शुक्रबार घाइते चार जनालाई सेनाको हेलिकोप्टरले उद्धार गरी थप उपचारको लागि सेती प्रादेशिक अस्पताल, धनगढी ल्याइएको हो । 

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं.३ स्थित मालिकार्जुन धाममा लागेको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको उक्त जिप सडकबाट करिव दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा ८ जनाको निधन भएको छ ।

सम्बन्धित खबर